“दोस्रो कुसुमे उद्यौली कप २०७६” को आम्दानी तथा खर्च विवरण सार्वजनिक


केराबारी, २२ पुस / कुसुमे साईनिङ क्लब, केराबारीले “दोस्रो कुसुमे उद्यौली कप २०७६” को आम्दानी तथा खर्च विवरण सार्वजनिक गरेको छ । पत्रकार सम्मेलन गर्दै क्लबले आम्दानी तथा खर्च विवरण सार्वजनिक गरेको हो ।

किराँत समुदायको उद्यौली पर्वको अवसरमा दोस्रो कुसुमे उद्यौली कप २०७६ फुटबल प्रतियोगिता मङ्सिर २० गते देखी २६ गते सम्म भएको थियो । प्रतियोगिताबाट क्लबलाई ८६ हजार २ सय २५ नाफा भएको सचिव अमर राईले जनाएका छन् । क्लबका सचिव राईका अनुसार ४ लाख ८१ हजार ९ सय १२ आयमा ३ लाख ९५ हजार ६ सय ८७ खर्च भएको छ ।

प्रतियोगिताबाट बचेको रकमले क्लबको कार्यालय व्यवस्थापन साथै फुटबल प्रशिक्षण गर्ने सोच रहेको अध्यक्ष भक्तसेर लिम्बुले जनाएका छन् । विभिन्न सामाजिक संघसंस्थाद्धारा कार्यक्रमको आयोजना गरिने तर आर्थिक विवरण सार्वजनिक नगरिने विकृतिको अन्त्य गर्ने कोसिस गर्दै कुसुमे साईनिङ क्लबले राम्रो संस्कारको निरन्तर दिँदै आएको छ । विगतमा पनि कुसुमेले विभिन्न कार्यक्रमहरू गर्दै आएको छ र आम्दानी तथा खर्च विवरण पनि समयमै सार्वजनिक गर्ने गरेको छ ।

https://youtu.be/SI0I5HuU3Ds

प्रतिक्रिया दिनुहोस्