चितुवाको आक्रमणबाट एक बालकको मृत्यु


तनहुँ, २१ पुस । आँबुखैरेनी गाउँपालिका–१, खरानी गाउँका ८ वर्षीय पूजन सिंजाली मगरको चितुवाको आक्रमणबाट मृत्यु भएको छ ।

घर नजिक रहेको मामा घरबाट फर्कँदै गरेका बालकको चितुवाको आक्रमणबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय, तनहुँले बताएको छ ।

लामो समयसम्म घर नफर्किएपछि खोजतलास गर्दै जाँदा घरदेखि पूर्व करिब २०० मिटर भीरमा उनी मृतावस्थामा फेला परेको प्रहरीले बताएको छ ।

चितुवा आक्रमणबाट तनहुँमा हालसम्म सात बालबालिकाले ज्यान गुमाइसकेको डिभिजन वन कार्यालयका प्रमुख केदार बरालले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्