नक्कली भारतीय रुपैयाँसहित एक पक्राउ


काठमाडौँ ,२० पुस । नक्कली भारतीय रुपैयाँसहित वीरगन्ज–१६ नगवा बस्ने २९ वर्षीय रियाज देवानलाई प्रहरीले पक्राउ गरेको छ ।

राति वीरगन्ज महानगरपालिका–८ बसपार्क स्थित होटेल साह प्याराडाइजबाट देवानसँग २ हजार दरका ३ थान नोट गरी ६ हजार नक्कली भारतीय रुपैयाँ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले बरामद गरेको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्