झापा, २० पुस । झापाको धुलाबारी हुँदै ज्यामिरगढी– भद्रपुर सडक खण्ड र धुलाबारी–इरौटार सडक २०७९ साल असार ३१ गते निर्माण सम्पन्न गर्ने सम्झौता भएको छ ।
१ नं प्रदेश सरकारले धुलाबारी–भद्रपुर सडक खण्डका लागि रु २५ करोड ३२ लाख ८४ हजार ८२२ र धुलाबारी–इरौंटार सडक खण्डका लागि रु ४६ करोड २३ लाख ८२ हजार ९८३ बजेट विनियोजन गरेसँगै दुई वटा सडक कालोपत्रे हुने भएका हुन् दुई चरणमा हुने कालोपत्रेको शिलान्यास प्रदेश नं १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले शिलान्यास गरेका छन् ।
धुलाबारी–भद्रपुर सडक खण्ड हिम्डुङ्ग एन्ड थोकर सरोज जेभीले २०७९ साल असार ३१ गतेसम्ममा निर्माणसम्पन्न गर्ने सहमति भएको गरेको छ ।
यसै गरी प्याकेज २ मा धुलाबारी– इरौंटार सडक खण्ड कन्काई झापाली जेभी बिर्तामोडले निर्माणको जिम्मा लिएको सो सडक २०७९ साल असार ३१ गते निर्माण सम्पन्न गर्ने सम्झौता गरेको छ ।