.लालीगुराँसद्धारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न


बेलबारी, मोरङ / पाठेघरको क्यान्सर दिन प्रतिदिन बढिरहेका बेला बेलबारीमा रहेको लालीगुराँस बचत तथा ऋण सहकारी संस्थाले एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

लालिगुरास बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा बेलबारी नगरपालिकाको सहयोगमा शनिवार सम्पन्न शिविरमा १ सय १५ जना महिलाहरूको स्वास्थ्य सेवा लिएका छन् ।

उपचारमा संलग्न स्वास्थ्य कर्मीहरूका अनुसार एक जनामा पाठेघरको मुखको क्यान्सरको सम्भवना देखिएको छ भने ३ जनामा पाठेघर खसेको, २ जनामा पाठेघरको सङ्क्रमण, ३ जनामा पिसाबमा सङ्क्रमण आदि भेटिएको छ ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुनसरीको प्राविधिक सहयोगमा भएको शिविरमा महिलाहरूका आङ खस्ने समस्याको बिरामी बढिरहेकोले संस्थाले यो शिविरको सञ्चालन गरेको लालीगुराँस बचत तथा ऋण सहकारीका सचिव नारायण सुवादीले जानकारी दिएका छन् ।

यस्तै बेलबारी नगरपालिकाले पौष २१ गते देखी बेलबारीका बाहुनी प्राथमिक स्वास्थ्य केन्द्र, बेलबारी, डाँगिहाट, कसेनि स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्र बेलबारी ११ मा पाठेघरको क्यान्सरको मुखको परीक्षण सम्बन्धी एक दिने स्वास्थ्य शिविर सञ्चालन गर्ने जनाएको छ । यस्ता स्वास्थ्य शिविरले विशेष गरेर महिलाहरूलाई ठुलो राहत पुगेको छ ।

https://youtu.be/pEVKPy1pFIY

प्रतिक्रिया दिनुहोस्