८ जना सह–सचिवको सरुवा : को कहाँ ?


काठमाडौँ, १९ पुस ।  नेपाल सरकारले ८ जना सह–सचिवको सरुवा भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह सचिव डा. रामप्रसाद घिमिरेलाई अर्थ मन्त्रालयमा ८ जना सह–सचिवको सरुवा गरिएको छ भने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रशासन तर्फको सह सचिव शिवराम न्यौपानेलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरिएको छ ।

श्रम मन्त्रालयका प्रवक्तासमेत रहेका सह सचिव डा नारायण रेग्मीलाई कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा सरुवा गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सह सचिव राजेश्वर ज्ञवालीलाई काठमाडौँ महानगरपालिकामा सरुवा गरिएको छ । अर्थ मन्त्रालयअन्तर्गत भन्सार विभागमा रहेकी मनमाया पंगेनीलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा गरिएको छ ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सह सचिव रुद्र शर्मा र उद्योग मन्त्रालयका रामचन्द्र ढकाललाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरिएको छ । कृषि मन्त्रालयका रघुराम विष्टलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा सरुवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्