सिन्धुपाल्चोकमा जिप दुर्घटना हुँदा ७ जना घाइते


चौतारा १९ पुस । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–७ स्थित लामोसाँघु जिरी सडक खण्डको ६ किलोमा बिहान बा२च६९६५ नम्बरका बलेरो जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।

घाइतेमध्ये एक जनाको टाउकोमा गहिरो चोट लागेकाले उपचारको लागि काठमाडौँ लगिएको र अरूको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले बताएका छन् ।

काठमाडौँको सितापाइलाबाट दोलखाको कालिञ्चोक मन्दिर जाँदै गर्दा जिप सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले बताएको छ ।
सोही ठाउँमा गएको मङ्सिर २९ गते बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको थियो भने १९ जना घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्