बेलबारी प्याब्सनको प्रथम अधिवेशन सम्पन्न


बेलबारी, मोरङ ।  निजी तथा आवासीय अर्गनाईजेसन नेपाल (प्याब्सन) बेलबारीले आज एक कार्यक्रमबिच आफ्नो प्रथम अधिवेशन सम्पन्न गरेको छ ।

बेलबारी नगरपालिका वाड न – २ लालभित्तीमा रहेको शिक्षा सन्देश ई. स्कुलको सभा हलमा सम्पन्न अधिवेशनको उद्घाटन बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले गरेका थिए ।

सो कार्यक्रममा प्याब्सन मोरङका अध्यक्ष अर्जुन बस्नेत, युवा जागरण अभियानका अध्यक्ष सुजित बस्नेत, ऐन प्याब्सन मोरङका सचिव नारायण दाहाल, शिक्षा सन्देश शैक्षिक प्रतिष्ठानका अध्यक्ष लक्ष्मणजङ्ग थापा लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले बेलबारीलाई शैक्षिकका साथै अन्य क्षेत्रमा पनि मोरङको मात्र नभएर सिङ्गो प्रदेशकै उत्कृष्ट नगरपालिका बनाउने काममा आफूहरू लागि परेको बताए ।

साथै प्रमुख अतिथि सुवेदीले नगरको शैक्षिक विकासमा संस्थागत विद्यालयको पनि महत्त्वपूर्ण भूमिका रहेको बताउँदै अझै पनि केही विद्यालयहरू कानुनी दायराभित्र नआएकाले प्याब्सनले आफू आबद्ध विद्यालयहरूलाई कानुनी दायराभित्र ल्याउने भूमिका निभाउन आग्रह समेत गरे ।

प्याब्सन मोरङका अध्यक्ष अर्जुन बस्नेतले नयाँ सरकार वनेपछि लामो समयसम्म निजी बोर्डिङ स्कुलहरूको भविष्य के हुने भन्ने अन्योल रहेपनि शिक्षा ऐन वनेसँगै त्यो अन्योल हटेर गएको बताए । उनले ऐनले संस्थागत विद्यालयहरूको लगानीको ग्यारेन्टी गरिदिएकोले अब ढुक्क भएर काम गर्न आग्रह गरे ।

बस्नेतले अब निजी विद्यालयले अङ्ग्रेजी भाषा मात्र नभएर गुणस्तरीय शिक्षा दिनमा लाग्नु पर्ने कुरामा जोड दिए । सो अवसरमा एन प्याब्सनका मोरङ जिल्ला सचिव नारायण दाहाल, प्याब्सन मोरङका कोषाध्यक्ष जगत बस्नेत लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्याब्सन बेलबारीका अध्यक्ष भूपाल बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने सचिव महेन्द्र गिरिको रहेको थियो ।

https://youtu.be/wB1_K21YW50

प्रतिक्रिया दिनुहोस्