गुटको हैन, सिङ्गो पार्टीको नेता बन्न सभापति देउवालाई सङ्ग्रौलाको सुझाव 


मोरङ, १७ पुस । काँग्रेस महासमिति सदस्य एवं प्रदेश सभा सदस्य लोकप्रसाद सङ्ग्रौलाले काँग्रेसको केन्द्रीय नेतृत्वले एकलौटी काम गरेर विभाजन निम्त्याएको आरोप लगाएका छन् ।

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा नेपाली काँग्रेस मोरङले बयरबनमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सङ्ग्रौलाले यस्तो बताएका हुन् ।

पार्टी सभापति देउवाले अहिलेको परिस्थितिलाई आत्मासाथ गर्नुपर्ने भन्दै उनले गुटगत राजनीतिलाई अन्त्य गरेर पार्टीलाई एकजुट बनाउन सभापति देउवालाई सुझाव दिए । ‘पार्टी सभापति अव गुटको मात्र नेता नभई सिङ्गो पार्टीको नेता बन्नुपर्छ ।’ संगौलाले भने ।

पार्टी नेतृत्व एकजुट हुन आवश्यक रहेकोमा जोड दिँदै उनले नेतृत्व विभाजित भइरहे कार्यकर्ताले सधैँ दुख पाइरहने बताए । फरक प्रसंगमा उनले काँग्रेसको इतिहासमा कोइराला परिवारको योगदान चर्चा गर्दै कोइरालाहरू बिना काँग्रेस बाच्न सक्दैन भन्ने धारणा जनमानसमा रहेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्