सुकुना बहूमुखी क्याम्पसमा ३ दिने प्रदेश नं. १ क्य.ए.ए सेमिनार तथा कार्यशाला सुरु


सुन्दरहरैँचा, १७ पुस / सुन्दरहरैँचाको सुकुना बहूमुखी क्याम्पसमा ३ दिने प्रदेश नं. १ क्यु.ए.ए (शैक्षिक गुणस्तर) सेमिनार तथा कार्यशाला कार्यक्रम सुरु भएको छ ।

विश्वविद्यालय अनुदान आयोग नेपाल र सुकुना बहूमुखी क्याम्पस सुन्दरहरैँचा मोरङको संयुक्त आयोजनामा सुकुनाको सभा कक्षमा आज बिहीबार देखी सुरु भएको हो ।
सेमिनार तथा कार्यशालामा प्रदेश नं. १ क्यु.ए.ए (शैक्षिक गुणस्तर) लिन चाहने ४६ वटा क्याम्पसहरूको सहभागिता रहेको छ ।

प्रत्येक क्याम्पस बाट ४ जनाको सहभागिता रहेको छ । सुकुना बहूमुखी क्याम्पसका अनुसन्धान विभाग प्रमुख गणेशप्रसाद दहाका अनुसार कार्यक्रममा १८४ जनाको सहभागिता रहेको छ । कार्यक्रमको उद्घाटन सत्र सुकुना बहूमुखी क्याम्पस, सञ्चालक समितिका अध्यक्ष श्री केशव अधिकारीको सभापतित्व सम्पन्न भएको थियो ।

कार्यक्रमको दोस्रो सत्रमा उच्च शिक्षामा गुणस्तरको आवश्यकता र गुणस्तर प्राप्त गर्ने तरिकाको विषयमा, विश्वविद्यालय अनुदान आयोग नेपालका क्यु.ए.ए डाइरेक्टर प्रा.डा भोला थापाले अवधारणा प्रस्तुत गरेका थिए भने डा. ऋषिकेश पाण्डेले क्याम्पसको गुणस्तर, गुणस्तरीय शिक्षा, क्याम्पसहरूले गर्नुपर्ने कार्यहरू, क्यु.ए.ए किन र कसरी भन्ने विषयमा अवधारणमा प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सुकुना बहूमुखी क्यापसका क्याम्पस प्रमुख चन्द्रमणि राईले क्यु.ए.ए का अनुभवहरू प्रस्तुत गरेका थिए । कार्यशालाको समापन पुस १९ गते हुने छ ।

https://youtu.be/zeSehQv0wy4

प्रतिक्रिया दिनुहोस्