प्रदेश प्रहरीले एसपी मल्ललाई जिल्ला छाड्न निर्देशन


चितवन, १७ पुस ।  प्रदेश–३ प्रहरी कार्यालयले चितवनका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्लले जिल्ला छाड्न अटेर गरेपछि १२ घण्टे अल्टिमेटम दिएको छ ।

सरुवा भएको दुई हप्ता बितिसक्दा प्रहरी उपरीक्षक मल्लले जिल्ला छाड्न अटेर गरेपछि प्रदेश प्रहरीले निर्देशननै दिएको छ ।

प्रदेशले बुधवार दिएको गोप्य सर्कुलर पत्र नै एसपी मल्लले बिहीबार सुरक्षाकर्मीहरुको सामूहिक सामाजिक सञ्जालमा हालेका छन् । प्रदेश प्रहरीका एसपी अरुण पौडेलले हस्ताक्षर गरेको पत्र सङ्ख्या नम्बर ८१०४ रहेको पत्रमा डिएसपीलाई चार्ज बुझाएर तत्काल त्यसको जानकारी मातहतलाई गराउन उल्लेख गरेको छ ।

प्रहरी प्रधान कार्यालयले पुस ४ गते एसपी मल्लसहित २४ एसपीको सरुवा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्