नेपाल भ्रमण वर्ष २०२० को स्वागत गर्दै नेकपा बेलबारीको सरसफाइ अभियान


बेलबारी, मोरङ / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बेलबारी नगर सङ्गठन कमिटीले आज (बुधवार) नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर अङ्ग्रेजी नयाँ वर्षालाई स्वागत गर्दै नगर सरसफाइ अभियान सुरु गर्दै । नेकपा बेलबारीले मङ्गलवार पत्रकार सम्मेलनको आयोजना गरी सो कुरा जनाएको हो ।

नेकपा बेलबारी अध्यक्ष पर्शुराम सुवेदीले पार्टीले भ्रमण वर्ष २०२०को अवसर पारेर बेलबारी भित्र रहेका पर्यटकीय क्षेत्रको विकास गर्न नगर भरिको सडक, पर्यटकीय क्षेत्रको सरसफाइ गर्ने बताएका छन् ।

पार्टी सचिव रविन थापाले नगरभरिका पर्यटकीय क्षेत्रको विकासमा स्थानीय सरकारलाई झकझकाउने उद्देश्यका साथ नेकपा बेलबारीले सरसफाइ अभियान सुरु गरेको जनाएका छन् । अभियानको नारा “राखौँ सफा, जोगाऔँ सभ्यता“ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्