नेपाली काँग्रेसको महाधिवेशन निर्धारित समयमै हुनुपर्ने : डा. शेखर कोइराला


मोरङ , १४ पुस । नेपाली काँग्रेसका केन्द्रीय बैठकमा विवाद भइरहँदा केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपाली काँग्रेसको महाधिवेशन निर्धारित समयमै हुनुपर्ने बताएका छन् ।

२०७८ साल चैतमा हुने स्थानीय तहको निर्वाचन अगाडि नै पार्टी महाधिवेशन हुनुपर्ने नेपाल प्रेस युनियन मोरङ शाखाले गरेको पत्रकार भेटघाटमा कोइरालाले बताएका छन् ।

रामचन्द्र पौडेल समूहको बहिष्कारका बिच ११ पुसमा बसेको काँग्रेस केन्द्रीय समिति बैठकले १४ औँ महाधिवेशन २०७७ फागुन ७, ८, ९ र १० गते गर्ने निर्णय गरेको थियो ।

केन्द्रीय सदस्य डा. कोइरालाले अब महाधिवेशनको मिति सार्न नहुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्