युवा जागरण नेपालद्वारा सामुदायिक विद्यालयमा पानी तताउने उपकरण वितरण


बेलबारी, १३ पुस /  युवा जागरण नेपालले बेलबारीका ११ वटा सामुदायिक विद्यालयमा पानी तताउने उपकरण वितरण कार्य सुरु गरेको छ । युवा जागरण नेपालले नगर भित्रको प्रत्येक ११ वटा वडाको एक सामुदायिक विद्यालयमा पानी तताउने उपकरण वितरण गर्न लागेका हुन ।

बेलबारी ३ स्थित श्री प्राथमिक विद्यालयबाट पानी तताउने उपकरण वितरण सुरु भएको छ । अन्य १० वटा विद्यालयमा पनि उपकरण वितरण गर्ने, युवा जागरण नेपालका सचिव हरि गुरुङले जनाएका छन् ।

पानी तताउने उपकरण वितरण कार्यक्रमको उद्घाटनमा बेलबारी नगरपालिकाका प्रवक्ता तथा वाड नं. ३ का अध्यक्ष योगेन्द्र सुवेदीले युवा जागरण नेपालको कार्यको प्रशंसा गर्दै, शुभकामना प्रदान गरेका थिए । अध्यक्ष सुवेदीले यस प्रकारको कार्यमा नगरपालिकाको पनि सहयोग रहने बताएका छन् ।

पुसको सितलहरले विद्यालयका साना बालबालिकाहरूलाई चिसोबाट सुरक्षित गर्ने र चिसो मौसममा पनि चिसो पानी पिउनु पर्ने बाध्यताको अन्त्य गराउने उद्देश्यले पानी तताउने उपकरण वितरण कार्यक्रम सुरु गरेको युवा जागरण नेपालका अध्यक्ष सुजित बस्नेतले जनाएका छन् ।

पानी तताउने उपकरण प्राप्त गरे पछि श्री प्राथमिक विद्यालयका प्रअ लीला आर्चायले विद्यालयका बालबालिकाले चोसो मौसममा तातो पानी पिउन पाउने व्यवस्थापन भएकोमा खुसी प्रकट गर्दै, युवा जागरण नेपाललाई धन्यवाद व्यक्त गरेका छन् ।

https://youtu.be/mtf-uwXslQE

प्रतिक्रिया दिनुहोस्