ललितपुरको सानेपाको कवाडी पसलमा आगलागी


काठमाडौँ ,१३ पुस । ललितपुरको सानेपामा रहेको राजेश पाश्वानले सञ्चालन गर्दै आइरहेको कवाडी पसलमा गएराति आगलागी भएको छ ।
पसलमा गएराति ८ बजे लागेको आगोबाट पसलमा रहेका सबै सामान जलेर नष्ट भएको छ ।

आगो फैलिएपछि नियन्त्रणका लागि काठमाडौँ, ललितपुर र भक्तपुरबाट दमकललाई करिब १ घण्टा समयपछि आगो नियन्त्रणमा आएको सानेपा प्रहरीले बताएको छ ।
आगलागीको कारण र क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्