मिडिया नेपालद्वारा न्यानो कपडा वितरण


सुबिन विश्वकर्मा –
बराहक्षेत्र , १२ पुस / मिडिया नेपाल १ नम्बर प्रदेश कमिटीले करिब १०६ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । बराहक्षेत्र नगरपालिका वडा नं. ६ मा अवस्थित श्री बाल सेवा आधारभूत विद्यालयका विद्यार्थीहरूलाई मिडिया नेपालले न्यानो कपडा वितरण गरेका हो ।

चिसो मौसमबाट बालबालिकाहरूलाई जोगाउन साथै न्यानो कपडा लगाएर स्कुलमा पढ्न सहजहोस भन्ने उद्देश्यले विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको मिडिया नेपाल १ नम्बर प्रदेश कमिटीका अध्यक्ष विजय कुमार राउतले बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का केन्द्रीय सहमहामन्त्री केदार कोइरालाको प्रमुख आतिथ्यमा सम्पन्न ‘न्यानो कपडा वितरण’ कार्यक्रममा मिडिया नेपालका केन्द्रीय सदस्य विकल रेग्मी, महेन्द्रनगर साना सहरी खाने पानी संस्थानका अध्यक्ष भवानी प्रसाद धिमाल, उपाध्यक्ष गणेश अधिकारी, राप्रपा बराहक्षेत्र नगर अध्यक्ष अर्जुन भट्टराई, नेपाली काङ्ग्रेस महिला संघकी केन्द्रीय सदस्य अनु गुरुङ, लगाएको उपस्थिति रहेको थियो ।

मिडिया नेपाल १ नम्बर प्रदेश कमिटीको आयोजनामा भएको उक्त कार्यक्रम महेन्द्रनगर साना सहरी खाने पानी संस्थान बराहक्षेत्र ६ चक्रघट्टी र कुमारी बैङ्क बेलका शाखाको वित्तीय सहयोग रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्