नेपाल जेसीज वर्ष २०२० को राष्ट्रिय अध्यक्षमा अशोक निर्वाचित


बिराटचोक, १२ पुस / नेपाल जेसीज वर्ष २०२० को राष्ट्रिय अध्यक्षमा अशोक शङ्कर निर्वाचित भएका छन् ।

दुई प्रतिद्वन्दीलाई पछि पर्दै शंकरले चितवनको रत्ननगरमा शुक्रवार भएको चुनावी राष्ट्रिय अधिवेशनबाट नेपाल जेसीजको वर्ष २०२० का लागि अध्यक्षमा विजयी भएका हुन । शङ्कर पथरी जेसीजका संस्थापक अध्यक्ष पनि हुन ।

शंकरले वर्ष २०२० का राष्ट्रिय अध्यक्षको लागि अरुणेश्वर खनाल ,विकास मानन्धरसँग प्रतिस्पर्धा परेको थियो । वर्ष २०२० का राष्ट्रिय अध्यक्षको लागि मा जम्मा १ हजार ५ सय ६५ मतदाताले मतदान गरेका थिए ।

सो शंकरले ५ सय ५१ मत प्राप्त गर्दै विजयी भएका छन् । हार व्यहोरेका मानन्धरले ४८७ र अरुणेश्वर खनालले ५२७ मत प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्