बेलबारीमा “पिस म्युजिकल कन्सर्ट” हुने : राजेशपायल र फुलन्देकी आमा आउने


बेलबारी, १० पुस / बेलबारीमा शान्ति युवा समूहको आयोजनामा “पिस म्युजिकल कन्सर्ट” हुने भएको छ । बिहीबार बेलबारी ९ स्थित नलवारिमा पत्रकार सम्मेलन गर्दै आयोजकले सो कुरा जनाएका हुन ।

पिस म्युजिकल कन्सर्टमा चर्चित गायक राजेशपायल राई र हास्य कलाकार उमेश राई (फुलन्देकी आमा) को मुख्य प्रस्तुति रहने छ । नेपाल भ्रमण वर्ष २०२० लाई स्वागत तथा प्रचार गर्न र लागु औषध सम्बन्धी सचेतनाका लागि “से नो टु ड्रग्स” मूल नाराका साथ कार्यक्रम गर्न लागेको समूहका उपाध्यक्ष तथा कार्यक्रम संयोजक धर्मराज राईले जनाएका छन् ।

कन्सर्ट यही पौष २५ गते हुँदै छ भने सेरा थामी, सन्जिब धिमाल, विनोद खम्बु, एस्तर सिन्चौरी, मोडल माया थामी, मनिता राई, गरिमा डान्स सेन्टर धरानको विशेष प्रस्तुति रहने कार्यक्रम संयोजक धर्मराज राईले बताए । राष्ट्रिय कलाकारहरूको साथै स्थानीय कलाकारहरूको प्रस्तुति पनि रहने आयोजकले जनाएको छ । आयोजकका अनुसार कन्सर्टमा स्थानीयताको प्रचारप्रसार, प्रवर्द्धन गर्न विभिन्न जातीय समुदायको सांस्कृतिक नृत्य समेत प्रदर्शन गरिनेछ ।

https://youtu.be/y1bXTCqdv4M

प्रतिक्रिया दिनुहोस्