उपचारका क्रममा पूर्व सचिव शान्तबहादुर श्रेष्ठको निधन


काठमाडौँ, १० पुस ।  शिक्षण अस्पताल टिचिङमा उपचारका क्रममा पूर्व सचिव शान्त बहादुर श्रेष्ठको निधन भएको छ ।

श्रेष्ठलाई निमोनिया भएकोले उनलाई उपचारका लागि बुधवार अस्पताल लगिएको पारिवारिक स्रोतले बताएको छ । त्यही उपचारका क्रममा बिहीबार बिहान ५ बजे उनको निधन भएको हो ।

पाल्पा रामकोटमा जन्मिएका पूर्व सचिव श्रेष्ठ ०४९ मा शाखा अधिकृतबाट निजामती सेवा प्रवेश गरेका थिए । निजामती सेवाको दौरानमा उनले विभिन्न मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हालेका थिए ।

प्रतिक्रिया दिनुहोस्