जयकला किराँत राई सांस्कृतिक कलाकार संघको सुनसरी अध्यक्षमा


सुनसरी, १० पुस  /  किराँत राई सांस्कृतिक कलाकार सङ्घ जिल्ला कार्य समिति, सुनसरीको अध्यक्षमा जयकला राई चयन भएकी छन् । सङ्घको ५ औँ जिल्ला सम्मेलनले जयकलालाई अध्यक्षमा चयन गरेको हो ।

सङ्घको नयाँ कार्य समितिको उपाध्यक्षमा वसन्त बान्तवा राई, सचिवमा हेमन राई, सह सहसचिवमा नर बहादुर राई, कोषाध्यक्षमा सुमिना राई, सदस्यहरूमा दिलु राई, सरिता राई, उमा राई, तारा राई, पूजा राई, अञ्जना राई, महेश राई, निश्चल राई र सरिता राई चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्