प्रहरी हुँ भन्दै धम्क्याउने पक्राउ


काठमाडौँ, १० पुस । काठमाडौँको रत्नपार्क क्षेत्रमा ‘प्रहरी हुँ’ भन्दै सेट (वाकीटकी) देखाएर धम्क्याउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकका कुमार श्रेष्ठका साथबाट एक थान ह्याण्डसेट (वाकीटकी) बरामद गरेको महानगरीय अपराध नियन्त्रण महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले बताएका छन् ।

आपराधिक व्यक्तिहरूको सूचना सङ्कलन गरी निगरानी राख्ने क्रममा प्रहरीले खानतलासी गर्न खोजेपछि उनी दुर्व्यवहार गरेर भाग्न खोजेका थिए ।

अनुसन्धानका क्रममा उनले सुरक्षा गार्ड भएका बेला प्रयोग गरेको सेट लिएर भागेको खुल्न आएको छ । उनलाई अभद्र व्यवहार कसुरअन्तर्गत थप अनुसन्धानका लागि बुधवार महानगरीय प्रहरी परिसर काठमाडौँमा बुझाइएको महाशाखाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्