सिद्धबाबाको नै अडियो रेकर्ड भएको पुष्टि


विराटनगर, १० पुस। ‘सिद्धबाबा’ भनिने धार्मिक गुरु कृष्णबहादुर गिरीले पीडित महिलालाई टेलिफोन गरी मुद्दा फिर्ता लिन दबाब दिएको अडियो रेकर्ड उनकै भएको पुष्टि भएको छ ।

काठमाडौँ बसोबास गर्दै आएकी महिला अनुयायीमाथि करणी गरेको आरोप लागेको सिद्धबाबाले रुँदै मुद्दा फिर्ता लिन दबाब दिएको टेलिफोन संवाद पीडित महिलाले रेकर्ड गरेकी थिइन् ।

प्रहरीको विधि विज्ञान प्रयोगशालाले महिलाले रेकर्ड गरेको अडियो सिद्धबाबाकै भएको पुष्टि गरेको छ । सिद्धबाबाले करिब एक घण्टा २० मिनेट फोन गरी मुद्दा फिर्ता लिएपछि आफू लिङ्ग काट्न तयार रहेको बताएका गिरीले अडियो सार्वजनिकपछि रेकर्ड आफ्नो नभएको दाबी गरेका थिए ।

हिरासतको समय विराट नर्सिङहोममा कटाएका गिरीले आफूमाथि फसाउने षडयन्त्र भएको बताउँदै आफूले महिलालाई नचिनेको दाबी गरेता पनि महिलाले जिल्ला प्रहरी कार्यालय सुनसरीमा उपलब्ध गराएको रिपोर्ट प्रहरीको विधि विज्ञान प्रयोगशालामा परीक्षण गर्दा मिलेको रिपोर्ट आएको छ ।

प्रतिक्रिया दिनुहोस्