गायक रामकृष्ण ढकालको सम्बन्ध विच्छेद


काठमाडौँ, ९ पुस ।  गायक रामकृष्ण ढकाल र पत्नी निलम साह ढकालको सम्बन्ध विच्छेद भएको छ ।

पत्नी निलम साह ढकालले दिएको सम्बन्ध विच्छेदको निवेदनमा जिल्ला अदालत काठमाडौँका न्यायाधीश विदुर कोइरालाको इजलासमा सम्बन्ध विच्छेद गर्न उनीहरूले मिलापत्र गरेका हुन् ।

जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठका अनुसार गायक ढकाल र निलमले सम्बन्ध विच्छेद गर्न मन्जुर छौँ भनी मिलापत्र गरेका छन् भने बादीले अंश नलिने गरी मिलापत्र भएको छ ।’ढकाल दम्पतीको एउटी छोरी छिन् उनी अब आमासँग रहने भएकी छन् ।

प्रतिक्रिया दिनुहोस्