वीरगन्जको मानव सेवा आश्रममा एक जनाको मृत्यु


काठमाडौँ , ९ पुस ।  वीरगन्जको मानव सेवा आश्रम रानीघाटमा सुतेकै अवस्थामा करिब ५० वर्षीय व्यात्तिको परिचय खुल्न नसकेका पुरुष मृत फेला परेका छन् ।

वीरगन्जको घण्टाघरबाट उद्धार गरिएका व्यात्ति अघिल्लो राति सकुशल सुतेका उनी बिहान मृत अवस्थामा देखेपछि आश्रमले प्रहरीलाई खबर गरेको छ ।

वडा प्रहरी कार्यालय श्रीपुर र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले घटनास्थल तथा शव जाँच मुचुल्का लगायतका प्रारम्भिक अनुसन्धान कार्य गरी लास पोस्टमार्टमका लागि नारायणी अस्पतालमा पठाएको बताएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्