मकवानपुरमा आगोको मुस्लो देखियो


काठमाडौँ, ९ पुस ।  मकवानपुरको बकैया गाउँपालिका–१२ र मकवानपुर गढी गाउँपालिका–७ को सिमानामा झन्डै तिन घण्टा अगाडि आगोको मुस्लो देखिएको छ ।

आगोको मुस्लो देखिएको स्थानमा हवाईजहाज खसेको आशंकामा इलाका प्रहरी कार्यालयबाट सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ हिँडिसकेको बकैया गाउँपालिका–१२ का वडा सचिव लक्ष्मण घिमिरेले बताएका छन् । आगोको मुस्लो देखिएको स्थानमा केही समयअघि प्लेन आएकोले ‘प्लेन नै खसेको हुन सक्ने आशंका धेरै छ, त्यो स्थान नजिकै पर्ने घिमिरेले बताएका छन् ।

इपाखोलाको मुहान धार्केमा निजी हेलिकोप्टर दुर्घटना भएको छ भने द्रुतमार्ग निर्माणमा खटिएको सेनाको टोली घटनास्थलतर्फ गएको नेपाली सेनाको स्रोतले बताएको छ ।
यसैबिच नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी त्रिलोचन पौडेलले अहिलेसम्म कुनै दुर्घटनाको जानकारी नआएको बताउँदै नेपालमा रहेका आन्तरिक विमान र नेपालको टावरसँग सम्पर्कमा आएका कुनै पनि विदेशी विमानसँग सम्पर्क विच्छेद नभएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्