गुरुङहरुको बेलवारी नगरपालिकालाई ज्ञापन पत्र : ल्होसारमा सार्वजनिक बिदाको माग


बेलवारी , ८ पुस ।  बेलवारीका गुरुङ समुदायले ल्होसारमा सार्वजनिक बिदाको माग गर्दै बेलवारी नगरपालिकाका उपप्रमुख ढाका कुमारी पराजुलीलाई ज्ञापन पत्र बुझाएका छन् ।

तमु हयुल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् बेलवारीले तमु ल्होसार ( पुस १५ ) सहित उधौली, उभौली, सोनाम ल्होसार, ग्याल्पो ल्होसार र माघे सङ्क्रान्तिमा सार्वजनिक बिदाको माग गर्दै ज्ञापन पत्र बुझाएका हुन ।

ज्ञापन पत्र बुझ्दै उप मेयर पराजुलीले, तमु हयुल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को माग सकारात्मक रहेको बताउँदै, गम्भीरताका साथ छलफल गरेर मात्र नगरपालिकाले ल्होसारको सार्वजनिक बिदा गर्ने वा नगर्न बारे निर्णय सार्वजनिक गर्ने बताएकी छन् ।

वर्तमान सरकारले तमु ल्होसारको बिदा कटौती गरेका कारण अहिले गुरुङ सङ्गठनले देशका ७ वाटै प्रदेशका राजधानीमा बिदाको माग गर्दै आन्दोलन गरी रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्