युवा जागरण नेपालले सामुदायिक विद्यालयमा पानी तताउने उपकरण वितरण गर्ने


बेलबारी, ७ पुस /  युवा जागरण नेपालले बेलबारीका सामुदायिक विद्यालयमा पानी तताउने उपकरण वितरण गर्ने भएको छ । आइतबार बेलबारी ३ स्थित जक्सन होटेलको सभाहलमा एक कार्यक्रमको आयोजना गरी आयोजकले सो कुरा जनाएका हुन ।

पुसको सितलहरले विद्यालयका साना बालबालिकाहरूलाई चिसोबाट सुरक्षित गर्ने उद्देश्यले पानी तताउने उपकरण वितरण गर्न लागेको आयोजकले जनाएको छ । विद्यालयमा बालबालिकाहरूले चिसो मौसममा चिसो पानी पिउन बाध्य भएकोले प्रत्येक वाडको एक सामुदायिक विद्यालयमा पानी तताउने उपकरण वितरण गर्न लागेको युवा जागरण नेपालका अध्यक्ष सुजित बस्नेतले बताएका छन् ।

पहिलो चरणमा बेलबारीको ११ वटै वडामा ११ वटा उपकरण वितरण गरे पछि बेलबारी भित्रको सबै सामुदायिक विद्यालयको लागि नगरपालिका कार्यालयमा निवेदन पेस गर्ने योजना रहेको आयोजकले जनाएको छ ।

संस्थाले केही पानी तताउने उपकरण खरिद गर्ने र केही व्यक्तिहरूको सहयोगमा व्यवस्थापन गरेर वितरण गर्न लागेको युवा जागरण नेपालका सदस्य जनक लिम्बुले जनाएका छन् । कार्यक्रमको सञ्चालन लिम्बुले नै गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्