गुण्डागर्दीमा संलग्न दुई जना पक्राउ


काठमाडौँ, ७ पुस । गुण्डागर्दीमा संलग्न दुई जनालाई महानगरीय अपराध नियन्त्रण महाशाखाले पक्राउ गरेको छ ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापा अनुसार नवलपुर देवचुलीका दुर्गा भनिने देवान राई र काभ्रे नमोबुद्ध नगरपालिकाका विष्णुबहादुर धिताललाई पक्राउ गरिएको हो ।

काठमाडौँ उपत्यकामा सर्वसाधारण मानिस तथा व्यापारीलाई फोनमार्फत धम्काई रकम माग्ने र ज्यान मार्ने तथा हातखुट्टा भाँचिदिने धम्की दिँदै आएकोमा उनीहरुविरुद्ध उजुरी समेत परेको प्रहरीले जनाइएको छ ।

आइतबार पक्राउ परेका उनीहरूलाई थप कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्