कल्पेश्वर शिव मन्दिरद्वारा तीज कार्यक्रमको आर्थिक विवरण सार्वजनिक


बेलबारी, ७ पुस / कल्पेश्वर शिव मन्दिर समितिद्वारा गत भाद्र महिनामा सम्पन्न हरितालिका तीज विशेष कार्यक्रमको आर्थिक विवरण सार्वजनिक गरेका छन् ।

बेलबारी ३ स्थित कल्पेश्वर शिव मन्दिरको सभाहलमा एक कार्यक्रमको आयोजन गरी समितिले कार्यक्रमको आर्थिक विवरण सार्वजनिक गरेका हुन । उक्त कार्यक्रममा मन्दिर समितिबाट देउसीबाट संगलित रकमले दृष्टिविहीन बसुन्धरा घिमिरेलाई उच्च शिक्षा अध्ययनको लागि रु.५ हजार आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।

हरितालिका तीज विशेष कार्यक्रममा रु.१ लाख ४ सय ३५ आय भएको र रु.१ लाख ३ सय ९० खर्च भएको समितिले जनाएको छ । देउसीभैलो कार्यक्रमबाट संकलित रकम रु.४२ हजार ८ सय ८५ मा रु.३४ हजार ४ सय खर्च भएको समितिका अध्यक्ष सिता सुवेदीले जनाइन । उक्त बचेको रकमबाट नै रु.५ हजार घिमिरेलाई उच्च शिक्षा अध्ययनको लागि समितिले प्रदान गरेको हो ।

कार्यक्रममा बोल्दै बेलबारी नगरपालिकाका प्रवक्ता तथा वाड नं. ३ का अध्यक्ष योगेन्द्र सुवेदीले कल्पेश्वर शिव मन्दिर समितिको कार्यको प्रशंसा गरेका छन् । कुनै पनि कार्यक्रमको आयोजना गरेर सम्पन्न भए पछि आर्थिक विवरण सार्वजनिक गर्ने कार्यले अरूलाई पनि शिक्षा प्रदान गर्ने सुवेदीले बताए ।

प्रतिक्रिया दिनुहोस्