बेलबारी नगरपालिकाको वाड नं ६ लाई मकै जोन घोषणा


बेलबारी, ६ पुस /  बेलबारी नगरपालिकाले एक वाड एक उत्पादनको नीति अनुसार वाड नं ६ लाई मकै जोनको रूपमा घोषणा गरेको छ ।

प्रत्येक वाडलाई विशेष पकेट क्षेत्रको रूपमा घोषणा गर्ने कार्यक्रम अनुसार वाड नं ६ लाई मकै पकेट जोनको रूपमा घोषणा गरिएको नगरपालिकाले जनाएको छ ।

बेलबारी नगरपालिका वाड नं ६ मा रहेको महेन्द्र आधारभूत विद्यालयमा आज आयोजित कार्यक्रममा बेलबारी नगरपालिका वाड नं ६ का अध्यक्ष उदयबहादुर राईले वाडलाई मकै पकेट क्षेत्रको रूपमा घोषणा गरेका हुन ।

६ दिने तालिमको उद्घाटन तथा मकै पकेट क्षेत्रको घोषणा गर्दै वडाध्यक्ष उदय बहादुर राईले विभिन्न प्राविधिकको परामर्शबाटै वाडले यो कार्यक्रम ल्याइएको बताए ।
साथै वडाध्यक्ष राईले कृषिको विकास विना राष्ट्र समृद्ध बन्न नसक्ने धारणा समेत अघि सारे ।

सो अवसरमा बेलबारी नगरपालिका वाड नं ६ का जनप्रतिनिधि हरू, नगरपालिकाका कृषि शाखा प्रमुख विनोद दाहाल, महेन्द्र आधारभूत विद्यालयका प्रधानाध्यापक, टोल विकास संस्थाका प्रतिनिधिहरू लगायतको सहभागिता रहेको थियो ।

६ दिनसम्म चल्ने तालिमको पाथीभरा सीप विकास तालिम केन्द्र सुन्कोदरहरैंचाको प्राविधिक सहयोग रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्