श्रमिक महिला समूहद्वारा विद्यार्थीलाई शैक्षिक सामाग्री तथा पोसाक वितरण


बेलबारी, ६ पुस । श्रमिक महिला समूह बेलबारीले विद्यार्थीहरूलाई शैक्षिक सामाग्री तथा विद्यालय पोसाक वितरण गरेको छ ।

आइतबार मोरङको बेलबारी १ स्थित श्री सहिद स्मृति प्राथमिक विद्यालयका विद्यार्थीहरूलाई समूहले शैक्षिक सामाग्री तथा विद्यालय पोसाक वितरण गरेका हुन ।

विद्यार्थीहरूलाई सरकारी विद्यालयमा पढ्न उत्प्रेरणा मिलोस् भन्ने हेतुले बालबालिकालाई पोसाक वितरण गरेको समूहकी अध्यक्ष नितु थापा कोइरालाले बताइन् ।

समूहको कार्य प्रति प्रशंसा गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप शाहले शिक्षा क्षेत्रको विकासले मात्र देशको विकासको आधार बन्ने बताएका छन् ।

त्यसै गरी बेलबारी नगरपालिकाका वडा नं. १ का वडा सदस्य रमेश निरौला, समूहका सल्लाहकार जगत क्षेत्री, नेत्रहीन सङ्घ मोरङका अध्यक्ष सावित्री कोइरालाले समूहको कार्यको प्रशंसा गरेका थिए ।

साथै विद्यालयका संस्थापक अध्यक्ष भक्तशेर लिम्बु ,वर्तमान अध्यक्ष पदम कार्कीले श्रमिक महिलाले गरेको सहयोग प्रति धन्यवाद सहित आभार व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्