हावाबाट बिजुली उत्पादन


पाल्पा ,६ पुस ।  पाल्पामा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र नेपालको रु एक करोड ८० लाख र निस्दी गाउँपालिकाको रु.४२ लाख १३ हजार ८०० को लागतमा मित्यालमा हावाबाट बिजुली निकालिएको छ ।

हावाबाट १५ किलोवाट र वायु तथा सौर्य ऊर्जा हाइब्रिड प्रणालीमार्फत १० किलोवाट गरी २५ किलोवाट क्षमताको बिजुली निकालिएको उपभोक्ता समितिका अध्यक्ष भुपिन्द्र सुनारी मगरले बताएका छन् ।

करिब साढे दुई वर्षअघिदेखि सुरु भएको आयोजनामा अहिले गाउँपालिकाको झ्याल्टुङ्ग, मौलाथर, रुप्सेभन्ज्याङ, काफल, गाउँपालिकाको कार्यालय, वडा कार्यालय, प्रहरी चौकी, गौरीशङ्कर मावि, मित्याल आधारभूत विद्यालय र मौलादेवी आधारभूत विद्यालयमा बिजुली बत्ती बल्न थालेको छ । यस आयोजनाबाट यहाँका करिब ८०० जनसङ्ख्या लाभान्वित हुनेछन् ।

बिहान ४ बजेदेखि ७ बजेसम्म र १० बजेदेखि राति ११ बजेसम्म विद्युत् लाइन सञ्चालन गरिएको छ । मित्यालको रुक्सेभन्ज्याङ डाँडामा दुई पङ्खा घुमाएर विद्युत् सेवा दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्