तराईमा शितलहरका कारण विद्यालयमा बिदा


सप्तरी, ५ पुस । राजविराज नगरपालिकामा रहेका सम्पूर्ण विद्यालय ३ दिनको लागि बन्द गर्ने निर्णय गरेको छ ।

अत्याधीक शितलहरसँगैको जाडोका कारण बालबालिकालाई विद्यालय आउन जान र विद्यालयमा बस्न समस्या हुने भन्दै जिल्लाको तीन स्थानीय तहले केही दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

शैक्षिक क्यालेन्डरमा जाडो बिदा प्रयोजनका लागि छुट्टाइएको ६ दिन बिदामध्ये हाललाई पुस ६ गतेदेखि तीन दिने बिदा दिने निर्णय गरिएको र चिसो निरन्तर रहेमा पुस ८ गते हुने नियमित प्रअ बैठकमा छलफल गरी निर्णय गरिने नगर प्रमुख शम्भु यादवले बताएका छन् ।

यसअघि तिलाठी कोइलाडी गाउँपालिकाले नगरभित्रका विद्यालयहरूमा बिदा दिइसकेको छ भने बिहीबारदेखि नै सप्तकोसी नगरपालिकाको शिक्षा समितिले पाँच दिनका लागि विद्यालयमा बिदा दिएको छ ।

प्रतिक्रिया दिनुहोस्