गुल्मीमा गएराति दुई जनाको मृत्यु


गुल्मी , ५ पुस । इस्मा गाउँपालिका ३ तोरीपाटामा ४५ वर्षीय नरबहादुर नेपालीको आगोमा जलेर मृत्यु भएको छ ।

गएराति स्थानीय चिन्ता बहादुर सार्कीको गोठमा लागेको आगो सोही गोठमा सुतेका नरबहादुर जलेर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक मीनबहादुर घलेले बताएका छन् ।

घटना बारे थप अनुसन्धानको लागि प्रहरी निरीक्षक चुरामणि पुनको टोली घटनास्थलतर्फ प्रस्थान गरेको प्रहरीले बताएको छ । त्यस्तै , गएराति गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्बर ७ देउराली मजुवाको गोठमा एक जना मृत फेला परेका छन् ।

दैनिकजसो गोठमा आउने जाने गरेका ७१ वर्षीय देवीराम भण्डारी मृत अवस्थामा फेला परेको प्रहरी उपरीक्षक घलेले बताएका छन् । थप अनुसन्धान गर्न प्रहरी निरीक्षक राजकुमार रावलको टोली घटनास्थलमा पठाइएको प्रहरी नायव उपरीक्षक घलेले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्