गुरुङ समुदायको ल्होसारमा सार्वजनिक बिदाको माग


बुटवल ,५ पुस । तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय परिषद् रुपन्देहीले पत्रकार सम्मेलन गरी ल्होसार (पुस १५) सहित उधौली, उभौली, सोनाम ल्होसार, ग्याल्पो ल्होसार र माघे सङ्क्रान्तिमा सार्वजनिक बिदा दिन माग गरेको छ ।

वर्तमान सरकारले तमु ल्होसारको बिदा कटौती गरेको कारण यस वर्षको ल्होसारलाई आन्दोलनकै रूपमा मनाउने तयारी गरेको छ ।

२०६२/२०६३ को जनआन्दोलनपछि गठित अन्तरिम सरकारले गुरुङहरूको तमु ल्होसारसहित अन्य जनजातिका पाँच पर्वमा सार्वजनिक बिदा दिएकामा वर्तमान सरकारले कटौती गरी सम्बन्धित जातिलाई मात्रै बिदा दिने निर्णय गरेको थियो ।

आदिवासी जनजातिका पर्व र कला संस्कृतिहरू सम्बन्धित जातिको मात्र नभई सिङ्गो मुलुकको साझा सम्पत्ति भएकाले पर्वमा सार्वजनिक बिदा दिइनुपर्ने गुरुङ राष्ट्रिय परिषद् रुपन्देहीकी अध्यक्ष विमला गुरुङले बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्