खोप लगाउँदा डेढ महिनाकी बालिकाको मृत्यु


इलाम ,४ पुस ।  इलामको माङसेबुङ गाउँपालिका–४ सिमलटारस्थित स्वास्थ्य चौकीमा बिसीजी र डिपिटी खोप लगाएपछि डेढ महिनाकी बालिकाको मृत्यु भएको छ ।

बिसीजी खोप लगाउन ढिला भएको भन्दै एकैपटक बिसीजी र ६ हप्ताभित्र लाइसक्नुपर्ने ३ वटा डिपिटी खोप लगाइएपछि बिरामी बालिका बुनु देजानको मृत्यु भएको छ । बिरामी बलिकाले खोपको भार थाम्नु नसकेपछि विराटनगर स्थित न्यूरो अस्पताल लाने क्रममा मृत्यु भएको छ ।

घटनापछि परिवारले सत्य तथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेपछि बालिकाको परिवार, स्वास्थ्य चौकी, स्थानीय सरकार र नागरिक समाज बिच छलफल गरी सहमति जनाएको स्थानीय आशिस लिम्बूले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्