महिला बन्दीले राम्रो खाना नपाएपछि आन्दोलन : चौकीदारनै थुनिए


बाँके, ४ पुस । बाँके जिल्ला कारागारका महिला बन्दीलाई राम्रो खाना नदिएको भन्दै चौकीदारलाई भित्रै थुनी आन्दोलन गरेका छन् ।

चौकीदारसँग भेट गर्न नदिँदा समस्या बुझ्न नपाएको र बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्कालाई महिला बन्दीको आन्दोलनका विषयमा जानकारी गराएको निमित्त जेलर दीपेन्द्र पौडेलले बताएका छन् ।

१४ कार्तिकमा पुरुष बन्दीले आन्दोलन गरेर जेलर भरतराज पाण्डे, चौकीदार भरत फडेरालगायतको सरुवा गरेपछि जेलरविहीन भएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारीले भने जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दीपेन्द्रप्रसाद श्रेष्ठलाई जेलरको जिम्मेवारी दिइसकेको र जुम्लामा सिडिओ नभएर रोकिएकोले जेलर आएपछि यो समस्या समाधान हुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्