सुकुनामा समाजवादी विद्यार्थी युनियन गठन


अशोक गुरुङ –

सुन्दरहरैचा ,४ पुस । सुन्दरहरैचा स्थित सुकुना बहूमुखी क्याम्पसको समाजवादी विद्यार्थी युनियनमा सुनिल राईको अध्यक्षतामा २१ कार्यसमिति चयन भएका छन् ।

उपाध्यक्षमा सरोज गिरी, किरण चौधरी, विधा कार्की, इन्दिरा तामाङ, सचिव विमल घिमिरे, सह– सचिव सतिस कार्की, स्मृति राई, कोषाध्यक्ष सेनि लिम्बु, सदस्यहरूमा निकिता ढकाल, विनुका राई,पेम्मा नेपाल ,सुमिना दाहाल, मनिका राई, मिराक लिम्बु, मिना चेम्चोङ, देवीका चौधरी, निलम बराल, सुमन घिमिरे मनिता कुलुङ, दिनेश धमला रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि तथा समाजवादी विद्यार्थी युनियनका केन्द्रीय उपमहासचिव दिनेश दंगालले दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन भएको थियो ।
सङ्घीय समाजवादी पार्टी नेपाल र नयाँ शक्ति पार्टीको समायोजन भएपछि भातृ संगठन नयाँ शक्ति विद्यार्थी युनियन र समाजवादी विद्यार्थी फोरम नेपालको समायोजन भएको हो ।

प्रतिक्रिया दिनुहोस्