नोबेलमा स्वागत तथा बिदाइ कार्यक्रम सम्पन्न


विराटनगर, २ पुस ।  नोबेल मेडिकल कलेजमा भर्ना भएका पारामेडिकलका नयाँ विद्यार्थीलाई स्वागत र अध्ययन पुरा गर्ने विद्यार्थीलाई बिदाइ गरिएको छ ।

सीटीईभीटीको पारामेडिकल कार्यक्रम अन्तर्गत डिप्लोमा ईन फार्मेसी, ल्याब टेक्निसियन, डेन्टल हाईजिन र रेडियोग्राफीमा भर्ना भएका सातौँ ब्याचका नयाँ विद्यार्थीलाई स्वागत र सोही संकायमा अध्ययन पुरा गरेका चौथो ब्याचका विद्यार्थीलाई बिदाइ गरिएको हो ।

पारामेडिकल कार्यक्रमको दोस्रो र तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरूले कलेज परिसरमा कार्यक्रम आयोजना गरी १ सय ८० जना नयाँ विद्यार्थीलाई स्वागत र अध्ययन पुरा गरेका १ सय ७६ विद्यार्थीलाई बिदाइ गरेका हुन् ।

सो अवसरमा नोबेल मेडिकल कलेजका शैक्षिक निर्देशक प्रोफेसर एजी सिंह, शैक्षिक कार्यक्रम संयोजक डिल्लीराम निरौला, जनसम्पर्क अधिकृत नारायण दाहाल, सिटिईभीटीका कार्यक्रम निर्देशक कमल पराजुली, शैक्षिक विभागका सुरेन्द्र घिमिरे, विवेक निरौला लगायतले विद्यार्थीहरूलाई अबिरसहित खादा लगाएर स्वागत र मायाको चिनो प्रदान गरी बिदाइ गरेका छन् ।

सो अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम पनि गरिएको थियो । नोबेलमा एम्डी, एमएस, एमवीवीएस, वीडीएस, वीएस्सी नर्सिङ, वीएनएस, स्टाफ नर्स, ल्याब टेक्निसियन, रेडियोग्राफी, डेन्टल हाईजिनिस्ट, डिफार्म लगायत संकायमा करिब १ हजार ६ सय विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया दिनुहोस्