इन्स्पेक्टरलाई घुस दिने व्यापारी पक्राउ


काठमाडौँ , २ पुस ।  स्याङ्जा वालिङको वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षकलाई घुस दिन खोजेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक गोरु व्यापारीलाई पक्राउ गरेको छ ।

रुपन्देहीको बसन्तपुर गाउँपालिका ४ का जहरुद्धिन तेलीले प्रहरी निरीक्षकको कार्यकक्षमै गोरु व्यापारमा सहयोग गर्नुपर्‍यो भन्दै १५ हजार रकम दिएकोले अख्तियारको जिम्मा लगाएको प्रहरीले बताएको छ । थप यस विषयमा अनुसन्धान भइरहेको अख्तियारले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्