कोकिनसहित बोलिभियन नागरिक पक्राउ


काठमाडौँ ,२ पुस ।  त्रिभुवन विमानस्थलबाट प्रहरीले ३ किलोग्राम लागू औषध कोकिनसहित बोलिभियन नागरिकलाई पक्राउ गरेको छ ।

बोलिभियन नागरिक ४१ वर्षकी हेरेरा आर्टेगा ओल्गालाई बिहान ९ बजे लागू औषध नियन्त्रण ब्युरोको टोलीले पक्राउ गरेको छ । फ्लाई दुबईको फ्लाइटबाट काठमाडौँ आएकी ओल्गाले ज्याकेटभित्र प्लास्टिकले बेरी ३ किलोग्राम कोकिन ल्याएको प्रहरीले बताएको छ ।

ओल्गामाथि अनुसन्धान भइरहेको ब्युरोले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्