बेलबारीकी सुदीक्षा पूर्वाञ्चल गट टयालेन्टको फाइनलमा, उपाधिको लागि भोटको अपिल


बेलबारी, २ पुस ।  पूर्वाञ्चल गट टयालेन्ट सिङ्गिङ एन्ड डान्सिङ सिजन ३ को गायन तर्फ, फाइनलमा पुग्न सफल बेलबारीकी सुदीक्षा भट्टराईले भोटको अपिल गर्दै छिन । पूर्वाञ्चल गट टयालेन्टको उपाधिको लागि भोट गरेर जिताउन सबैलाई अनुरोध गरिरहेकी हुन ।

सयै प्रतियोगीहरूलाई पछि पार्दै भट्टराई उत्कृष्ट १० भित्र प्रवेश गर्न सफल भएकी हुन । पूर्वाञ्चल गट टयालेन्टको फाइनल यही पौष ५ गते शनिवार धनकुटाको टुँडिखेलमा हुँदैछ ।

सानै देखी सङ्गीत क्षेत्रमा रुचि राख्दै आफ्नो प्रतिभालाई निखार्दै गएकी भट्टराई सिजन ३ को उपाधि जित्ने चाहना प्रकट गर्छिन् । उनी भन्छिन्, ‘मलाई यो सिजन ३ को विजेता बन्नु छ, त्यही अनुसार साधना गरिरहेको छु । मलाई धेरै भन्दा धेरै भोट गर्नु भयो भने मैले जित्न सक्छु ।’

भट्टराईलाई जिताउन “पूर्वको शान, सूदीक्षा जिताऔँ हाम्रो अभियान” भन्दै स्थानीयहरू पनि अभियानमा लागि रहेका छन् । भट्टराईलाई जिताउन PGT S8 लेखेर  34343 मा मोबाइलबाट म्यासेज गर्न सक्नु हुने छ । एउटै मोबाइलबाट जति पनि भोट गर्न सकिने भट्टराईले जनाएकी छन् ।

उनी भन्छिन्, ‘तपाईँको अमूल्य भोट दिएर मलाई जिताउनुहुन हार्दिक अनुरोध गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्