रौतहटमा हतियारसहित तीन जना पक्राउ


रौतहट ,२ पुस । रौतहटको राजपुर नगरपालिका ३ दमारआजात चोकमा खटिएको सुरक्षा बेस फतुवाको टोलीले तीन जनालाई हतियारसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाराको सुवर्ण गाउँपालिका ६ बस्ने ३७ वर्षीय उमेश्वरप्रसाद यादव, रौतहटको पर्रोहा नगरपालिका ६ लौकाहा बस्ने ३८ वर्षीय दामोदर साह र रौतहटको पर्रोहा नगरपालिका ४ पोखरीया बस्ने ६६ वर्षीय छोटेलाल साहलाई भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार उनीहरूलाई प्रहरी निरीक्षक दिलबहादुर बस्नेत नेतृत्वमा पक्राउ गरेको छ ।

मोबाइल गस्ती टोलीले गएराति उनीहरूको साथबाट कटुवा पेस्तोल एक थान र त्यसमा लाग्ने गोली दुई राउन्ड बरामद भएको र धारिलो चक्कु, तार काट्ने औजार, पिलास, पेचकस, मोबाइल लगायतका सामग्री पनि बरामद भएको प्रहरीले बताएको छ

प्रतिक्रिया दिनुहोस्