नेकपाले सीके राउतलाई राष्ट्रियसभा सदस्य बनाउने सोच


काठमाडौँ, २ पुस ।  २ नम्बर प्रदेशबाट राष्ट्रियसभामा ४ जना जाने भएकोले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रियसभा सदस्यमा सीके राउतलाई चयन गर्ने सोच बनाएको छ ।

नेपाललाई विखण्डित गर्ने नियतका साथ मैदानमा देखापरेका राउतलाई पश्चिमी इच्छा र योजनाअनुरुप नेपालमा क्रियाशील सीके राउत र नेकपाबिचको गठबन्धन निकै रहस्यमय मानिएको छ ।

कुल ५९ मध्ये दुई वर्षे कार्यकाल भएका १९ सदस्यको अवधि आगामी फागुन ३ गते पूरा हुँदैछ । रिक्त १९ स्थानका निम्ति आगामी माघमा निर्वाचन गराउने निर्वाचन आयोगले तय गरिसकेकोले २ नम्बर प्रदेशबाट राष्ट्रियसभामा पुर्‍याइने ४ जनाका लागि नेकपाले उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी या राजपासँग गठबन्धन बनाएमा कम्तीमा दुई जना सदस्य नेकपाले तोकेको व्यक्ति हुनेछन् ।

राजपा र समाजवादीबिच गठबन्धनको सम्भावना नरहेकाले पनि नेकपाको दुई मधेस केन्द्रित समूहमध्ये एउटासँग चुनावी तालमेल हुने स्थिति देखिएको छ ।
२ नम्बर प्रदेशमा दुई पार्टी एकातिर हुनेवित्तीकै एकीकृत पक्षले चारमा चारै स्थानमा जित्ने स्थिति छ । दुई–दुई स्थान लिने गरी भागबन्डा भए पनि नेकपाले एक स्थानचाहिँ सीके राउतलाई दिने सङ्केत देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्