गुठी संस्थानका प्रमुख र उपप्रशासक कार्यालयबाटै पक्राउ


काठमाडौँ, १ पुस ।  काठमाडौँ महानगरपालिका– १ स्थित रहेको गुठीको जग्गा जग्गासम्बन्धीमा सेवाग्राहीबाट घुस लिएको आरोपमा गुठी संस्थानका २ जना पक्राउ परेको छ ।

पक्राउ पर्नेमा गुठी संस्थानका प्रमुख प्रशासक नारायण चौधरी र उपप्रशासक जय रेग्मीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मङ्गलवार अपराह्न त्रिपुरेश्वरस्थित कार्यालयबाटै पक्राउ गरेको छ ।

जग्गासम्बन्धी संस्थानमा चलिरहेको मुद्दामा गुठीको जग्गा गुठीमै कायम गर्न घुस लिएको सूचनाका आधारमा अनुसन्धान गर्न उनीहरूलाई पक्राउ गरिएको अख्तियार बताएको छ ।

प्रतिक्रिया दिनुहोस्