बेलबारीको भाउन्नेमा गायक सविन, निरनय र प्रस्न आउने : “लाइभ कन्सर्ट २०२०”


बेलबारी, १ पुस / बेलबारी १० भाउन्नेमा चर्चित गायक सविन राई सहित निरनय श्रेष्ठ र प्रस्न शाक्य आउने भएको छ । डाँगिहाट फुटबल क्लबको आयोजनामा हुन गइरहेको साङ्गीतिक कार्यक्रममा सविन सहित निरनय र प्रस्न आउने भएका हुन ।

आयोजकका अनुसार नयाँ वर्ष २०२० को उपलक्ष्यमा प्रस्तावित डाँगिहाट रङ्गशाला, भाउन्नेमा पुस १६ गते “लाइभ कन्सर्ट २०२०” हुन गइरहेको हो । कार्यक्रममा सविन, निरनय र प्रस्नको प्रमुख प्रस्तुति रहने छ भने स्थानीय कलाकारहरूको पनि प्रस्तुति रहने आयोजकले जनाएको छ । सविन, ब्याड सदस्य सहित आउँदै छन् ।

भिजिट नेपाल २०२० सफल पर्ने उद्देश्यले र स्थानीय क्षेत्रको पर्यटन विकासलाई जोडेर पनि “लाइभ कन्सर्ट २०२०” गर्न गइरहेको डाँगिहाट फुटबल क्लबका अध्यक्ष छत्र लिम्बुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्