पौडेल पक्षले बोलायो शशांक निवासमा तरुण दलको विशेष भेला


काठमाडौँ , १ पुस ।  प्रतिपक्ष नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू पक्षधर तरुण दलका नेता कार्यकर्ताहरूको विशेष भेला बोलाएको छ ।
काँग्रेस महामन्त्री शशांक कोइरालाको महाराजगञ्जस्थित निवासमा तरुण दल विवाद समाधानबारे रणनीति तय गरिने बताएको छ ।

काँग्रेसको युवा भातृ सङ्गठन तरुण दलका अध्यक्ष जितजंग बस्नेत र महासचिव भुपेन्द्रजंग शाहीको विवाद चर्किएपछि एकअर्कालाई कारबाही गरेको घोषणासमेत गरेका छन् ।

जितजंग बस्नेतको अध्यक्षमा गठित कार्यसमितिको उपाध्यक्षमा उत्तम चापागाईँ, महासचिवमा भूपेन्द्रजंग शाही र कोषाध्यक्षमा विद्वान गुरुङ छ । कार्यसमितिमा ९९ सदस्यीय हुनुपर्नेमा यही अपुरो कार्यसमितिले तीन वर्षे म्याद गुजारिसकेको छ ।

६ महिना म्याद थप्न पाउने अधिकार भएकाले अहिलेको कार्यसमिति नै यथावत रहेको तरुण नेताहरूले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्