कक्षा ११ को नतिजा राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरे : नतिजा हेर्ने तरिका यस्तो छ


काठमाडौँ, १ पुस ।  कक्षा ११ को ग्रेडवृद्धि अर्थात् पूरक परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको छ । २०७६ साल कात्तिक ३० र मङ्सिर १ गते भएको परीक्षाको नतिजा बोर्डले सार्वजनिक गरेको हो ।

परीक्षामा देशभरबाट एक लाख ४ हजार ३४६ जना सम्मिलित भएका मध्ये ४ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ ।

परीक्षाफल हेर्नका लागि नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशन अनुसार नतिजा प्राप्त गर्न सकिन्छ । यस्तै लभद टाइप गरी स्पेस दिएर सिम्बोल नम्बर टाइप गरी १६०० मा एसएमएस गर्न सकिन्छ ।

www.neb.gov.np, www.neb.ntc.net.np, www.edusanjal.com, www.theconnectplus.com वेबसाइट मार्फत पनि नतिजा हेर्न सकिने बोर्डले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्