निजगढ–काठमाडौँ द्रुतमार्ग सडक निर्माण क्षेत्रमा सेनाले २७ हजार ६९ रूख काटिए


काठमाडौँ, ३० मङ्सिर । नेपाली सेनाको व्यवस्थापनमा दिएको करिब ७७ किलोमिटर निजगढ–काठमाडौँ द्रुतमार्ग निर्माणका क्रममा सडक निर्माण क्षेत्रमा रहेको २७ हजार ६९ रूख काटिएको छ ।

करिब ३८ हजार ६६४ रूखमध्ये २७ हजार ६९ रूख काटिएका बाँकी रहेका ११ हजार एक सय रुख सुरुङ निर्माणका क्रममा काटिने द्रुतमार्ग आयोजना कार्यान्वयन महाशाखाका प्रमुख तथा प्रमुख सेनानी विश्वबन्धु पहाडीले बताएको छ ।

सडक निर्माण अनुसार पहाडी क्षेत्रमा ५० मिटर र तराई क्षेत्रमा एक सय मिटरसम्मका रूख काट्नुपर्ने वन मन्त्रालयसँग अनुमति लिइएको र वन मन्त्रालय , जिल्ला वन कार्यालयमा र सामुदायिक वन मातहतमा रहेर काटिएका रूख सामुदायिक वनलाई सरोकारवाला निकायको रोहबरमा बुझाइएको सेनाले बताएको छ ।

वातावरणीय मापदण्डअनुसार नेपाली सेनाले कोहल्बी नगरपालिकाका विभिन्न स्थानमा करिब एक लाख ५० हजार बिरुवा उत्पादन गरिरहेको छ करिब पाँच हजार बिरुवा रोपिसकेका बताएको छ ।

प्रतिक्रिया दिनुहोस्