विशेष सेवासम्बन्धी विधेयक फिर्ता लिन काँग्रेस प्रमुख सचेतक खाँडको माग


काठमाडौँ, ३० मङ्सिर । काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले सोमबार विज्ञप्ति जारी गर्दे विशेष सेवासम्बन्धी विधेयक फिर्ता लिन माग गरेको छ ।

विज्ञप्तिमा नेपाल विशेष सेवाको गठन, सञ्चालनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले मौलिक हक कुण्ठित गर्ने भन्दै यसलाई फिर्ता लिन भनिएको छ ।

संविधान प्रतिकूल र नागरिक स्वतन्त्रता र हित विपरीत हुने गरी विधेयक नल्याउन पनि सरकारलाई सचेत गराएको छ ।

राष्ट्रिय अनुसन्धान विभागसम्बन्धी विषय समेटेर विशेष सेवासम्बन्धी विधेयक सरकारले ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्